देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भालुको आक्रमणबाट दुई जना घाइते

देशान्तर

धनगढी,  डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ । घर नजिकै घाँस काटेर फर्किरहेको अवस्थामा भालुले झम्टेको घाइते जोशीले बताउनुभयो । उहाँको शरीरभरि घाउ छ । यसैगरी बझाङको गुदुखाती गाउँमा भालुको आक्रमणबाट स्थानीयवासी ६० वर्षीया जरु धामी घाइते हुनुभएको छ ।

उहाँ घर नजिकै घाँस काट्ने क्रममा भालुको आक्रमणमा पर्नुभएको हो । आक्रमणबाट उहाँले एक आँखा गुमाउनुपरेको छ । गुदुखातीमा भालुको आक्रमणबाट थप स्थानीयवासी तीन घाइते भएको पीडित महिलाले बताउनुभयो । घाइतेलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्ष्याइएको छ ।