देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थाइल्याण्डसँग पछि पर्दै शृङ्खला मिस वर्ल्डको टप १२ बाटै आउट

देशान्तर

काठमाण्डौ । नेपालकी श्रृंखला खतिवडाले मिस वर्ल्डको टप १२ मा पुगेर मिस वर्ल्ड २०१८ को यात्रा टुंग्याएकी छन्। चीनको सान्यामा भएको मिस वर्ल्ड २०१८ को फाइनलमा नेपालकी श्रृंखला एसिया–ओसियाना क्षेत्रबाट टप १२ मा परेकी थिइन्।

यो क्षेत्रबाट नेपालसहित थाइल्यान्ड र न्युजिल्यान्ड टप १२ मा पुगेका थिए। यो एसिया(ओसियानाबाट मिस थाइल्यान्ड टप ५ मा पुगेकी छन्। श्रृंखला मिस नेपाल वर्ल्ड २०१८ विजेता भएर मिस वर्ल्डमा सहभागी भएकी हुन्। नेपालकी ईशानी श्रेष्ठ पाँच वर्षअघि मिस वर्ल्डको टप १० मा पुगेकी थिइन्।