काठमाडौँ । भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर विशेष विमानमा जनकपुर विमानस्थालमा अवतरण गरी जानकी मन्दिर पुगेका छन् । मुख्यमन्त्री योगीसहितको जन्तीको टोलीलाई संघीय सरकार पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतका मन्त्रीहरुले स्वागत गरेका थिए ।
मुख्यमन्त्री योगी विमानस्थलबाट केही समय अघि मात्रै जानकी मन्दिर पुगेका छन । उनले त्यहाँ जानकीको सामान्य पुजा गरेर मन्दिर परिक्रमा गरेका थिए । उनी अहिले प्रदेश सरकारले आयोजना गरेको भण्डारा तर्फ लागेका छन ।
आज दिउँसो २ बजे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मुख्यमन्त्री योगीले रंगभूमि मैदान बाह्रबिगामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने छन् । योगीको ४ बजे तिर फर्कने कार्यक्रम रहेको छ ।
…
भिटी यूपीरे कलसाइनको निजी विमानबाट आदित्यनाथ बुधबार बिहान १० बजेर ३० मिनेटमा जनकपुर विमानस्थलमा अवतरण गर्नेछन । १९ सिट क्षमताको उक्त जहाजको मंगलबार बिहान टेस्ट फ्लाइट गरिएको छ ।
भारतको लखनउबाट उडेको जहाज बिहान जनकपुर विमानस्थलमा अवतरण र्गयो । र, केहीबेरपछि फेरि उडेर लखनउ फर्किएको नागरिक उडड्यन कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले बताए ।
मुख्यमन्त्री निवासको माथिल्लो तल्लामा आदित्यनाथले केहीबेर विश्राम गर्नेछन । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई मैथिली परम्पराअनुसार स्वागत गरिएको छ । दिवाभोजपछि प्रदेश सरकारका तर्फबाट आदित्यनाथ र साधुसन्तलाई बस्त्र प्रदान गरिनेछ ।
हजारौं धर्मावलम्बीको भीड हुने विवाह महोत्सवमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जन्ती बनेर आउने भएपछि जनकपुरको सुरक्षा बन्दोबस्त कडा पारिएको छ । भीडको व्यवस्थापनका जिल्ला सुरक्षा समितिले छुट्टै सुरक्षा योजना लागू गरेको छ भने आदित्यनाथको सुरक्षाका लागि प्रदेश प्रहरी कार्यालयले अलगै योजना ल्याएको छ ।
विवाहपञ्चमीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका करिव ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । आन्तरिक मामिला मन्त्री यादवले सुरक्षा चुनौती बढेपछि सुरक्षाकर्मीको संख्या थपिएको बताए । उनले ४ हजारभन्दा बढी सुरक्षाकर्मी हिजो नै परिचालन भइसकेको बताए ।





प्रतिक्रिया