काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी सेवा समृद्धिका लागि नभई सन्तुष्टिका लागि भएको बताएका छन् । महानगरीय प्रहरी प्रभाग कुपण्डोलको नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै डिआईजी क्षेत्रीले यस्तो बताएका हुन् ।
‘प्रहरी पेशा समृद्धिका लागि नभएर सन्तुष्टिका लागि हो भन्दै उनले प्रहरी कर्मचारीहरुले आफ्नो व्यवसायमा सन्तुष्टि भएर कार्य सम्पादन गर्न आवस्यक भएको बताए ।
जुनसुकै दुःखको बेलामा पनि नागरिकले प्रहरीलाई सम्झिने भएकाले नवनिर्मित भवनलाई आफ्नो घरको रुपमा लिनुपर्ने बताउँदै नयाँ भवनको रुपमा मात्र नलिई कार्यालयबाट संचालन हुने हरेक कार्य नयाँ सोच र कुशल ढंगबाट संचालन हुनुपर्नेमा जोड दिए ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र धानुकले अपराध रोकथाम, समाजिक विकृती र विसंगति विरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिबृद्धि गर्ने र सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न प्रहरी, स्थानीय र सम्बद्ध सरोकारवालाबीच साझेदारी निर्माण गर्न समुदाय–प्रहरी साझेदारी अभियान सुरू गरिएको बताए ।





प्रतिक्रिया