देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज वर्षकै सबैभन्दा जाडो दिन

देशान्तर

काठमाडौं । केही दिनदेखि देशभरको मौसम एक्कासी बदलिएको छ।

जसले गर्दा देशभर जाडो बढ्दै गएको छ भने देशका उच्च हिमाली भूभागमा भारी हिमपात हुने क्रम समेत बढ्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार बंगालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली भइरहेको बताइएको छ।

जसले गर्दा भू(भागमा वर्षा र हिमपात अझै सम्भवना रहेको बताइएको छ। महाशाखाले जारी गरेको विज्ञप्तिमा फेथाइ चक्रवात हाल उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भई केही भू(भागमा हल्का वर्षा हुने र उच्च हिमाली भू(भागहरूमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना रहेको छ।