देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अपराध अनुसन्धानमा साधनस्रोतको अभाव छः महानिरीक्षक खनाल

देशान्तर

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानका लागि साधनस्रोतको अभाव रहेको बताएका छन् । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन अझै नसकेको भन्दै प्रहरीको आलोचना भइरहेका बेला उनले अपराध अनुसन्धानका लागि प्रविधिसहितका स्रोत, साधनको अभाव रहेको प्रतिक्रिया दिएका हुन् ।

 

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले पर्याप्त स्रोतसाधनको व्यवस्थापनमा ध्यान दिएर मात्रै अपराध अनुसन्धानको कामलाई प्रभावकारी बनाउन पनि राज्यका सबै निकायको ध्यानाकर्षण गराए ।

प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणको काममा प्रहरीलाई मात्रै औंला ठड्याउने काम भइरहेको गुनासो पनि गरे । राज्यका सबै निकाय सचेत रहेमात्र अपराध अनुसन्धानको काम प्रभावकारी हुने उनको भनाइ थियो ।