काठमाडौँ । दाङमा आज साँझ भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । घटनास्थलमा उद्वारका लागि पुगेका ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेम शाहीसँग सम्पर्क राख्दा उनले ३ जना महिला र १३ जना पुरुषसहित १६ जना मृतकको शव फेला परेको जानकारी दिए ।
५ जना पुरुष र १ जना महिलासहित ६ जनाको जिवितै उद्वार गरिएको उनले बताए । उनले उक्त बसमा ३० देखि ३५ जना सम्म चढेको अनुमान गरिएको जानकारी दिए । मृतक र घाईतेको नाम विवरण भने खुल्न नसकेको उनले बताए ।
अहिलेसम्म नौ पुरुष र एक महिलाको शव फेला परेको छ । मृतकहरुको सनाखत हुन बाँकी छ । घटनामा तीन महिला र एक पुरुष घाइते भएका छन् । घाइतेको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइतेहरुको पनि नाम, थर खुलेको छैन ।
सल्यानबाट दाङतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत राम्रीमा सडकबाट करिब ७ सय मिटर तल खसेको घटनास्थलमा रहेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले बताए । उद्धारका लागि तुलसीपुर र घोराहीबाट प्रहरी खटिएका छन् ।
रातको समय र कठिन भूगोल भएकाले उद्धारमा कठिनाई भइरहेको उनले बताएका छन् । बसमा अधिकांश विद्यार्थी र शिक्षक सवार रहेको बुझिएको छ ।





प्रतिक्रिया