देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

राष्ट्रगानका रचनाकार व्याकुल माइला पितृशोकमा

देशान्तर

काठमाडौँ । राष्ट्रगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) लाई पितृशोक परेको छ । उनका पिता मानबहादुर राईको ७२ वर्षको उमेरमा यही पुस १२ गते राति ओखलढुंगाको सोक्मटार गाउँस्थित आफ्नै घरमा निधन भएको हो ।

केही वर्षदेखि मस्तिष्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेहबाट पीडित थिए । डाक्टरको परामर्शअनुसार घरमै उपचार हुँदैआएको थियो । स्वर्गीय राईको किरात परम्पराअनुसार शुक्रबार नै समाधिस्थ गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वर्गीय राई अवकाशप्राप्त शिक्षक, तत्कालीन थाक्ले गाविस अध्यक्ष तथा ओखलढुंगा जिल्ला विकास समिति सदस्य थिए । राईको दुई श्रीमती र व्याकुल माइलासमेत तीन छोरा छन् ।