देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम अनुमोदन

देशान्तर

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि चालेन्द्र शमशेर जबराको नाम अनुमोदन भएको छ । प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि शमशेर प्रधानन्यायाधीश बन्ने पक्का भएको हो ।

समितिको मंगलबार बसेको बैठकले प्रधानन्यायाधीशमा जबराको नाम अनुमोदन गरेको हो । समिति सभापति लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीशमा संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको बताए । यसअघि आइतबार पनि प्रधानन्यायाधीशमा सिफारिस जबराको सुनुवाइ भएको थियो ।

आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ जबराले दिएका थिए । सांसदहरूले उठाएका विगतमा गरेका फैसलामा आधारित प्रश्नमा जबराले कानुन बमोजिम गरेको र कानुन बाहिर गएर कुनै पनि काम नगरेको बताए । उनले प्रधानन्यायाधीश भएपछि अदालत र पदको गरिमा राख्ने प्रतिबद्धता जनाए ।

जबराले आफू न्यायालयको मुहारमा कालो पोतेर र आफ्नो अनुहार हातले कोतरेर रक्ताम्य पारेर बाहिरिने मनशायमा नरहेको बताए । उनले समितससमक्ष प्रस्तुत गरेको कार्यायोजना लागू गर्ने प्रतिबद्धता जनाएका थिए ।

सांसदका प्रश्नको जवाफमा जबराले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आ(आफ्नो मर्यदामा कानुनअनुसार चल्नुपर्ने र एकले अर्काको कार्यक्षेत्रमा हस्तक्षेप गरे असहजता आउने पनि बताए ।

उनले आफू प्रधानन्यायाधीश भएपछि सरकारले कानुनअनुसार गर्ने विकासका काममा न्यायालयबाट बाधा हुने फैसला हुन नदिने बताए। उनको नाम सर्वसहमतिमा अनुमोदन भएको हो ।