काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले वाइडबडी काण्डमा आफै फँस्ने भएपछि निगमका कर्मचारीलाई फसाएर आफु उम्कने प्रयासमा लागेको बताएका छन ।
उनले सरकारले संसदीय समितिको प्रतिवेदन अस्वीकार गर्दै उच्चस्तरीय छानविन समिति बनाइनुको कारण नै रकम जति आफुले खाएर कर्मचारीलाई फासाउन सम्लग्न मन्त्रीहरुलाई सफाइदिन खोजेको बताएका हुन् ।
शुक्रबार तनहुँको दुलेगौडामा आयोजित कार्यक्रममा बोल्दै पौडेलले संसदले छानविन गरिरहेको अवस्थामा सरकारले छानविन समिति बनाएर ढाकछोप गर्न खोजेर गम्भिर गल्ती गरेको बताए ।
उनले प्रधानमन्त्री केपी ओलीले संसदीय सर्वोच्चता मिचेको मात्रै नभइ लेखा समिति अन्तरगतको उपसमितिको अपमान हुनेगरी अर्को समिति बनाइएको र यो समितिले सरकारलाई बचाउने भन्दा अरुकाम गर्न नसक्ने दावीपनि गरेका छन ।
राजनीतिका लागि मात्र नेताहरू तीनतिर हुने तर ठूलाठूला काण्डमा सँगै हुनु दुर्भाग्य भएको भन्दै नेता पौडेलले महासमितिपछि देशभर पार्टी एक भएको सन्देश गएका बेला फेरि काँग्रेस पार्टी लफडामा मुछिएको बताए ।





प्रतिक्रिया