देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माघको दोस्रो साता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने

देशान्तर


काठमाण्डौं । । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अर्को महिनाको दोस्रो सातामात्रै बस्ने भएको छ। हालै सम्पन्न महासमिति बैठकले पारित गरेको पार्टीको विधान मस्यौदा, राजनीतिक प्रस्ताव लगायतका विभिन्न प्रस्ताव मिलाएर अनुमोदन गर्दै कार्यान्वयनमा लैजान बैठका बस्न लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयबाट प्रकाशित प्रेस विज्ञप्ति अनुसार, पार्टीको केन्द्रीय कार्यसमिति बैठक आगामी माघ १० गते बिहीबार बिहान ११ बजे पार्टी मुख्यालय सानेपामा बस्ने छ।

मंसिर २९ गते सुरु भएर लामो विवादका बाबजूद पुस ८ गते सर्वसम्मत निर्णय गर्दै टुंगिएको महासमिति बैठकले परिमार्जन सहित पारित गरेका प्रस्तावहरुलाई उक्त बैठकले अन्तिम रुप दिएपछि कांग्रेसको सबैभन्दा महत्वपूर्ण प्रस्तावको रुपमा रहेको पार्टीको विधान कार्यान्वयन प्रक्रियामा जाने छ।

संशोधित विधान बमोजिम कांग्रेसले आगामी दिनमा केन्द्रदेखि प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रहुँदै टोलसम्म ८ तहको पार्टी संरचना निर्माण गर्ने छ।