देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डा केसीसँग गरिएका सम्झौता कार्यान्वयन गर्न माग

देशान्तर

काठमाडौँ– डा गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।

सोलिडारिटी फर डा केसी एलाइन्सले डा केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै आज प्रदर्शन गरेको हो । सो संस्थामा आबद्ध एक समुहले उनीहरुले ‘डा केसीसँग गरिएका सम्झौता लागू गर’ ‘मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनीमा विवेकशील साझा पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
सरकारले विगतमा डा केसीसँग गरिएको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने उनीहरुको माग गरेको छ । सरकारले आफूसँग गरिएको सहमति अनुरुप विधेयक नभएको भन्दै गत पुस २५ गतेदेखि इलाममा गई डा केसी अनशनमा बसेका छन् ।