काठमाण्डौ । अनसन सुरु गरेको सातौं दिन पुग्दानपुग्दै डा. गोविन्द केसीलाई निमोनियाले चापेको छ ।
चिकित्सकहरुले उनलाई तत्काल आइसीयुमा राख्नुपर्ने सुझाएका छन् । तर, इलाममा आइसीयु छैन । अब डा. केसीलाई तत्कालै बिर्तामोड, धरान, विराटनगर वा काठमाडौं सार्नुपर्ने भएको छ ।
अनसन थालेको सातौं दिनसम्म आइपुग्दा डा। केसीको स्वास्थ्य स्थिति नाजुक बन्न थालेको छ । तर, केसीले औषधि उपचार लिन अस्वीकार गरिरहेका छन् ।
डा. केसीलाई निमोनिया भएको र रोग प्रतिरोध क्षमता कम हुँदै गएकाले तत्काल आइसीयूमा राख्नुपर्ने सल्लाह इलाम अस्पतालले दिएको छ । इलाम अस्पतालमा यो सेवा उपलब्ध छैन । ‘तर, डा। केसीले अस्पतालबाट एक इन्च पनि कतै नसर्ने र उपचार पनि नलिने भनेका छन्,’ केसीका सहयोगी धर्म गौतमले भने ।





प्रतिक्रिया