देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विविध कार्यक्रमगरी २१ औँ भूकम्प सुरक्षा दिवस मनाइयो

देशान्तर

काठमाडौँ । २१ औँ भूकम्प सुरक्षा दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

ललितपुरमा दिवस विशेष कार्यक्रम गरिएको हो । पाटन दरबार क्षेत्रमा भूकम्प स्मृति सभा गरिएको छ ।

सभाअघि ललितपुरका चार ठाउँबाट र्याली निकालियो । ललितपुर महानगरपालिकाका पुल्चोक, गछें, गुइटोल र लगनखेल बसपार्कबाट प्लेकार्डसहित र्याली निकालिएको हो ।

र्यालीमा नेपाल प्रहरी, सशस्त्र बल, नेपाली सेना, स्थानीय बासिन्दा, विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा थियो ।

यस वर्ष ‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने नारासहित २१ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ ।

विक्रम सम्वत १९९० सालमा गएको भूकम्पको स्मृतिमा भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ ।