देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नयाँबानेश्वरस्थित नागरिक लगानी कोषको भवनमा आगोलागी

देशान्तर

काठमाडौं, । काठमाडौंको नयाँबानेश्वरस्थित नागरिक लगानी कोषको भवनमा आगोलागी भएको छ ।

शनिबार दिउँसो कोषको मुख्य कार्यालयसँगै रहेको ‘डी ब्लक’को पहिलो तलामा आगोलागी भएको हो ।आगोलागीबाट कार्यालयमा रहेका फर्निचर, कम्प्युटर र कागजपत्र जलेका छन् ।कोषका प्रमुख व्यवस्थापक सुशीलकुमार अर्यालको कार्यकक्षबाट आगोलागी सुरु भएको थियो ।

आगोलागी नियन्त्रणका लागि दुईओटा दमकल प्रयोग गरिएको थियो ।नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भइ आगोलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । क्षतिको यकिन विवरण आइसकेको छैन ।