काठमाडौं संघीय संसद भवन अगाडि धर्ना प्रदर्शन गरिरहेका २१ जना मानव अधिकारकर्मीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ। मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा संसद भवन अगाडि धर्ना दिन पुगेका उनीहरुलाई प्रहरीले गिरफ्तार गेको हो।
गिरफ्तार हुनेहरुमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी सल्लाहकारहरु होमकान्त चौलागाई, डा।गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिनासहित २१ जना लगायत छन्
यस्तै काठमाण्डौ शाखा का । वा सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु ईश्वर पुडासैनी, सुकदैव अधिकारी, वि।पी पौडैल, ईश्वरी नैपाल, रुपा गिरी, बाबुराम न्यौपानै, नारायण श्रैष्ठ, विनीत अर्याल, किरण ढकाल, मुरारीप्रसाद फुयाल, नानीकाजी गिरी र अमृतजंग महतलाई प्रहरीले गिरफ्तार गरेको समाजका सल्लाहकार गंगाधर पराजुलीले जानकारी दिए। उनक अनुसार गिरफ्तारमा परेका सबै जनलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ।





प्रतिक्रिया