देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तेह्रथुम–संखुवासभाको सीमा क्षेत्रमा वर्षकै बाक्लो हिमपात

देशान्तर

काठमाडौं । वर्षासँगै तेह्रथुम र संखुवासभाका डाँडाकाँडामा बुधबार मध्याह्नबाट हिमपात भइरहेको छ ।

तेह्रथुम र संखुवासभाको सीमा क्षेत्र तीनजुरे–मिल्के–जलजले ९टीएमजे० क्षेत्रका डाँडाकाँडा हिउँले सेताम्मे बनेका छन् ।

यो क्षेत्रमा सिजनमै बाक्लो हिमपात भएको छ । दशकपछि यी जिल्लाका तल्लो क्षेत्रसम्म पनि हिमपात भएको हो ।

टीएमजे क्षेत्रका तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्केलगायत क्षेत्र हिउँले ढाकेको छ ।

बुधबार मध्याह्नबाट निरन्तर हिमपात भइरहेको र अहिलेसम्म तीन फिटसम्म हिमपात भएको पर्यटन सूचना केन्द्र गुफाबजारका सचिव सन्तोष लिम्बूले बताए ।

हिमपातका कारण उच्च क्षेत्रका बस्तीका बासिन्दा घरबाहिरसमेत निस्कन सकेका छैनन् ।

वर्षा र हिमपात एकसाथ भएका कारण ह्वात्तै चिसो बढेको ओयाक्जुङका स्थानीय दीपक थाम्देनले बताए ।