देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालको कृषि क्षेत्रमा सहयोग गर्न जापानको चासो

देशान्तर

काठमाडौं । नेपालको कृषि क्षेत्रमा सहयोग गर्न जापानले चासो देखाएको छ । नेपाल भ्रमणमा रहेको जापानी प्रतिनिधि मण्डलले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँग भेट गर्दै यस्तो चासो देखाएको हो ।

जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वमा आएको प्रतिनिधी मण्डलले बिहीबार सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा मन्त्री पुनसँग भेटवार्ता गरेको हो ।

भेटका क्रममा अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामीले जापानले नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको जानकारी दिंदै आगामी दिनमा अझै सहयोग गर्न जापान सरकार तयार रहेको बताए । उनले नेपाल कृषि प्रधान देश रहेको भन्दै कृषि क्षेत्रमा सहयोग गर्न आफूहरु तयार रहेको पनि बताए ।

‘नेपालमा के–कस्ता सम्भावनाहरु छन्, हामी त्यसको अध्ययन, अनुसन्धानको लागि अहिले नेपालको भ्रमणमा आएका छौं, जापानको निजी क्षेत्र पनि यहाँ लगानी गर्न इच्छुक छ’ उप–महानिर्देशक ताकामीले भने ।

सिंचाई र पानीको क्षेत्रमा जापानको लामो अनुभव रहेको भन्दै त्यसको ज्ञान बाँड्न आफूहरु इच्छुक पनि उनले मन्त्री पुनसँगको भेटमा बताएका थिए ।