देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंमा शुक्रबार बिहान बालिका अपहरित

देशान्तर

काठमाडौं । थापाथलीस्थित प्रसुति गृहकी डाक्टर बबिता शाहको दुई वर्षीया छोरी अपहरणमा परेकी छन् । शुक्रबार बिहान काटेश्वरको खरिबोटस्थित घरबाटै सन्ध्या कर्णको अपहरण भएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले केहीवेर अघि बालिकाको सकुशल उद्दार गरेको छ भने अपहरणकारी फरार भएका छन् ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार आर्थिक लेनदेनका कारण जनकपुरका मनिषकुमार गुप्ताले बालिकाको अपहरण गरेका थिए ।

‘उनले साढे दुई लाख रुपैयाँ मागेका थिए ’, बोगटीले भने, हामीलाई सूचना आउने वित्तिकै खोजी थालेका थियौं । त्यसक्रममा अपहरणकारी गुप्ताले बालिकालाई जम्भुडाँडा, तिलगंगा हुँदै बसपार्क गएर भाग्दै फर्किंने क्रममा तिलगंगाको होटल गणेश अगाडिबाट बालिकालाई उद्दार गर्‍यौं ।

अधिकारीहरुका अनुसार प्रहरीले बालिकालाई राखेको ठाउँमा घेरा हालेपछि बालिकालाई छाडेर भागेका थिए ।