देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिडीयोसहित कर्मचारी चढेको जीप दुर्घटनामा सशस्त्रका एसपीको मृत्यु

देशान्तर

काठमाडौँ । प्रमुख जिल्ला अधिकारीसहित कर्मचारी चढेको जीप गएराति बारामा दुर्घटना हुँदा सशस्त्रका एसपी बलराम पोखरेलको मृत्यु भएको छ ।

दुर्घटनामा चारजना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई, सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, प्रहरी जवान शम्भु गुरुङ र चालक जगत पटेल घाइते भएका छन् ।

घाइते सबैको हेल्थ केयर अस्पताल विरगञ्जमा उपचार भइरहेको छ । कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको ना १ झ १६३३ नम्बरको जीप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक रोकिराखेको ट्याक्टरमा ठोक्किएर दुर्घटनामा परेको थियो ।