देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्मला हत्या प्रकरणः आमा दुर्गादेवीसंग मिल्यो उनको डीएनए

देशान्तर

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको भजानइल स्वाव र उनकी आमा दुर्गादेवी पन्तको डीएनए प्रोफाइल म्याच भएको छ ।

‘भजानइल स्वाव’ प्रति नै सरोकारवालाहरुले आशंका गरेपछि घटनाबारे अनुसन्धान गरिरहेको टोलीले दुर्गादेवीको रगतको नमुना लिएर डीएनए जाँच गर्न प्रयोगशालामा पठाएको थियो ।

दुर्गादेवी पन्तले पुस २५ गते महाकाली अञ्चल अस्पतालमा पुगेर रगत दिएकी थिइन् । प्रोफाइल म्याच भएसँगै पहिले परीक्षणका लागि पठाइएको ‘भजाइलन स्वाब’ निर्मलाको भएको पुष्टि भएको छ ।

‘मृतकको डीएनए प्रोफाइलसँग उनकी आमाको रगतको नमुना म्याच भयो भनेर आएको छ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) कुवेर कडायतले भने, ‘त्यसको टेक्निकल भाषा अटोसोमल एसटीआर’ भनिँदोरहेछ , सर्टकर्टमा प्रोफाईल म्याच भयो भन्ने रिपोर्ट आएको छ ।’