देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कलाकार बीएस राणाको ७८ वर्षको उमेरमा निधन

देशान्तर

काठमाडौँ । नेपाली सिने जगतका दिग्गज कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौंको टिचिङमा निधन भएको हो । उनी ७८ वर्षका थिए । यसबारे चलचित्र संघकी महासचिव सरिता लामिछानेले जानकारी दिएकी हुन् ।

श्री ३ पद्मशम्शेर जबराका नाती बीएस राणाको पूरा नाम बेदेन्द्रशम्शेर जंगबहादुर राणा हो । उनले पाँच दर्जनजति नेपाली फिल्ममा काम गरेका थिए ।

बहुआयामिक व्यक्तित्वका धनी उनले लामो समय काठमाडौंका धेरै स्कूल र कलेजमा अंग्रेजी शिक्षक एवं प्रधानाध्यापक भएर बिताए । उनले बेलायतबाट एमबीए गरेका हुन् । उनको बाल्यकाल र युवावस्थाको अधिकांश समय भारतमा बित्यो ।

उनले अभिनय गरेका चलचित्रमध्ये दक्षिणा, कोसेली, दुई थोपा आँसु, दर्पण छायाँ २, सेतो बाघ, बसन्ती, दासढुङ्गा निकै चर्चित रह्यो ।