काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको बताएका छन् । तामाङ जातिले मनाउने सोनाम ल्होछार पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विविध सांस्कृतिक परम्परा र संस्कृतिले नेपाललाई विश्वमा अलग पहिचान दिएको जनाएका छन् ।
प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ हरेक जातजातिका आआफ्नै परम्परा, चाडपर्व, वेशभूषा रहेका छन् । मुलुकमा बसोबास गर्ने सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान छ ।”
वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य राखेर अघि बढेको स्पष्ट पार्दै उनले यस यात्रामा देशका सबै जातजाति, धर्म र सम्प्रदायको योगदान अपेक्षित रहेको जनाएका छन् । प्रधानमन्त्रीले भनेका छन, “हाम्रा सांस्कृतिक पर्व, वेशभूषामार्फत पनि समृद्धिको अभियानमा टेवा पु¥याउन सकिन्छ । यस्ता सम्पदालाई पर्यटक आकर्षण गर्ने माध्यमका रुपमा समेत विकास गर्न सकियो भने हाम्रो संस्कृति पनि जीवित रहन्छ । यस्ता सम्पदाको अवलोकनका लागि स्थानीयस्तरमा पुग्ने पर्यटकमार्फत आयआर्जन गर्न पनि सकिन्छ ।”
प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकाना व्यक्त गरेका छन् ।यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसै अवसरमा एक सन्देश दिंदै ‘सोनाम ल्होहार’ का उपलक्ष्यमा सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
उनले विज्ञप्तिमार्फत विविधताले भरिएको नेपाली समाजमा गर्व गर्नलायक धार्मिक–सांस्कृतिक रीतिरिवाज र परम्परामध्ये सोनाम ल्होसारले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गरेका छन् ।
यो पर्व आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाउने काममा कोशेढुङ्गा सावित भएको विज्ञप्तिमा जनाइएको छ । सभापति देउवाले यस पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिएका छन् ।
कार्यदललाई प्रतिवेदन बुझाउन निर्देशन
बैठकले नेकपाको एकता प्रक्रिया टुंग्याउनका लागि गठित कार्यदललाई मंगलबारसम्म प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। कार्यदलले प्रतिवेदन बुझाएपछि त्यसमा भएको प्रगतिका आधारमा स्थायी समितिले एकता टुंगो लगाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
नेकपा स्थायी समितिले रामबहादुर थापा, महासचिव विष्णु पौडेललगायतको कार्यदललाई एकताको प्रस्ताव ल्याउन जिम्मेवारी दिएको थियो। कार्यदलले झन्डै एक महिना बितिसक्दा पनि प्रतिवदेन तयार गर्न सकेको छैन। प्रदेश कमिटीलगायतमा कसलाई राख्ने, त्यसको मापदण्ड के हुने भन्नेमै कार्यदलमा रहेका नेताबीच विवाद मिल्न सकेको छैन।
अब जे अवस्थामा छ, त्यही अवस्थाको प्रतिवेदन बुझाउन सचिवालयले निर्देश गरेको हो। श्रेष्ठका अनुसार पार्टीको राजनीतिक प्रतिवेदन र गत स्थायी समितिमा पेस भएको प्रतिवदेन पनि छिट्टै प्रकाशित हुनेछ।





प्रतिक्रिया