काठमाण्डौ । आफैले चलाएको बन्दुकको गोली लागेर बिहीबार रोल्पामा एक युवाको मुत्यु भएको छ ।
घरमा कोही नभएको बेला आफैले चलाएको बन्दुकले जिल्लाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी दिपक खड्काले जानकारी दिए । बुढाले किन गोली चलाए भन्नेबारेमा केही नखुलेको डीएसपी खड्काले बताए ।
भरुवा बन्दुकले बायाँ छातीमा प्रहार गर्दा उनको घटनास्थलै मृत्यु भएको थियो । रोल्पामा यस अघि पनि एक नागरिकले आफैलाई गोली हानी आत्महत्या गरेका थिए ।





प्रतिक्रिया