देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नवलपरासीमा ट्यांकरको ठक्करबाट २ जनाको मृत्यु

देशान्तर


काठमाण्डौ । नवलपरासीको नवलपुरमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यू भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका १६ डण्डामा पश्चिमबाट पुर्व आउदै गरेको बा ३ ख ९१५८ नम्बरको दुध बोक्ने ट्ंयाकरले विपरित दिशामा रहेको बा २८ प २०३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाईकलमा सवार ४० बर्षिय युबराज घिमिरे र ३६ बर्षिय पिताम्बर पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाईते उनीहरुको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।