देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्नेः मौसमविद्

देशान्तर

काठमाडौँ । अबको केही दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायुको प्रभावले अहिले पूर्वबाहेक अन्य भूभागको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले सफा रहेको पूर्वको मौसम पनि दिउँसो पछि बदली हुनेछ । बिहीबार देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने उनको अनुमान छ । यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको संभावना रहेको उनले बताएकि छिन् ।

अबको तीन दिन मौसम एकैछिन खुलेपनि फेरि बदली भई धेरै ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन् ।