देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यातायात व्यवस्था विभागलाई कारबाहीका लागि सिफारिस

देशान्तर

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागलाई कारबाहीका लागि सिफारिस गरिएको छ ।
सवारी चालक अनुमति पत्रमा नेपाली भाषा पनि राख्नु पर्नेमा त्यसो नगरेकाले विभागलाई कारबाहीको सिफारिस गरिएको हो । स्मार्ट लाइसेन्स अंग्रेजी भाषामा छपाइ हुँदै आएको छ ।

विभागले भाषा आयोगले नेपाली भाषाको प्रयोग गरेर लाइसेन्स छाप्न गरेको अनुरोधलाई बेवास्ता गरेकाले कारबाही सिफारिस गरिएको प्रवक्ता गणेश भट्टराईले जानकारी दिए । आयोगले विभागलाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयमा सिफारिस गरेको छ । विभागले २०७२ सालदेखि स्मार्ट लाइसेन्स छपाइ गर्दै आएको छ