काठमाडौं । महानगरपालिकाले नगरभित्र पुनः रात्रिकालीन बस सञ्चालनका लागि गृहकार्य सुरु गरेको छ । त्यसका लागि साझा यातायातसँग छलफल सुरु गरिएको छ । साझा यातायात तयार भए छिट्टै काठमाडौंमा रात्रिकालीन बस सेवा सञ्चालनमा आउने महनगरपालिकाले जनाएको छ । साझाले अहिले पनि वीर अस्पताल, शिक्षण अस्पताल क्षेत्रमा राति अबेरसम्म बस सेवा सञ्चालन गर्दै आइरहेको छ ।
यसलाई थप विस्तार गरेर नगरभित्रका सबै क्षेत्रमा राति पनि बस सेवा पुर्याउन पहल थालिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
सुरक्षाका विषयमा प्रहरीसँग सहकार्य गर्न सकिने भए पनि खर्चको विषयमा टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ । विगतमा पनि काठमाडौं महानगरपालिकाले रात्रिकालीन बस सञ्चालन गरेको थियो । तर केही समयपछि नै त्यो बन्द भएको थियो ।





प्रतिक्रिया