काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले राम्रो कामका लागि लिखित आदेश नपर्खन कमाण्डरहरुलाई निर्देशन दिएका छन् ।
खोटाङको दिक्तेलमा रहेको बहादुर श्री शेरगणको निरीक्षणका क्रममा उनले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम बनाउन उच्च मनोबलका साथ काम गर्न क्याडरहरुलाई निर्देशन दिएका हुन् ।
प्रधानसेनापति थापाले सेनालाई अनुशाशित रुपमा काम गर्न पनि निर्देशन दिँदै सेनाका सात लक्ष्य र १५१ कार्यसहितको मार्ग्निर्देशन कार्यान्वयन गर्ने विषयमा भने दायाँबायाँ नहुने बताए ।
उनले हतियार र उपकरण खरीद, शान्ति सेना भर्ना छनोट, बढुवा लगायतका विषयलाई पारदर्शी तुल्याउने प्रतिवद्धता व्यक्त गरे ।
सुरक्षा र विकास एकअर्काका पूरक भएकाले सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को अवधारणालाई मूर्तरूप दिन सेनाले सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्ने भन्दै उनले राष्ट्र, जनता र सेनाको हितका लागि गौरव गर्ने ढङ्गबाट जिम्मेवारी सम्हाल्न निर्देशन दिएका छन् ।





प्रतिक्रिया