देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना : गृहमन्त्रालय

देशान्तर

काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना खराब मौसमका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सिंहदरबारस्थित गृहमन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै गृहप्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण दुर्घटना भएको बताएका हुन् ।

‘स्थानीय प्रशासनले दिएको जानकारी अनुसार ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा डेढ किलोमिटर वर आइपुग्ने वित्तिकै दुर्घटना भएको हो सुवेदीले भने ।

उनका अनुसार तेह्रथुमको चुहानडाँडामा आयोजित एक कार्यक्रममा सहभागी भएर मन्त्री अधिकारीसहितको टोली पाथिभरा दर्शनका लागि गएको थियो । हाल मन्त्री अधिकारीसहित हेलिकोप्टरमा सवारी ७ जनाकै शव भेटिएको उनले बताए ।

उनका अनुसार मन्त्री अधिकारी र उनका पीएसओ सेनाका जमदार अर्जुन घिमिरको शव पहिचान भएको छ । अन्यको भने शव पहिचान भएको छैन ।