देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डाक्टरहरूको आन्दोलनका कारण अस्पताल पुगेका बिरामीहरू मारमा ।

देशान्तर

काठमाडौं ।सरकारी डाक्टरहरूको आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित भएको छ । देशभरका सरकारी अस्पतालमा स्वास्थ्य सेवा ठप्प भएको छ । डाक्टरहरूको आन्दोलनका कारण अस्पताल पुगेका बिरामीहरू मारमा परेका छन् ।
संघीयता कार्यान्वयनका क्रममा समायोजन गर्दा भेदभाव गरिएको भन्दै सरकारी चिकित्सक संघले आन्दोलन गर्दै आएको छ । आफ्ना माग पूरा नभए सबै सरकारी डाक्टरहरूले सामूहिक राजीनामा दिने तयारी समेत बताएका छन् ।

देशभर १ हजार ५ सय सरकारी डाक्टर छन् ।सरकारी डाक्टरहरूले आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्दै आन्दोलनलाई अघि बढाएका हुन् ।

यस्तै, आन्दोलनरत सरकारी चिकित्सकलाई विरोधका कार्यक्रम स्थगन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारी चिकित्सक संघले राखेको मागप्रति सरकारी स्तरबाट सकारात्मक पहल हुँदाहुँदै पनि चिकित्सकले स्वास्थ्य सेवा अवरुद्ध पारेर विरोधका कार्यक्रम गरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाए पनि

सरकारी चिकित्सक संघका अध्यक्ष डा। दीपेन्द्र पाण्डेले सरकार आफूहरूको मागप्रति संवेदनशील नभएको बताए छन ।