देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महाशिवरात्रीको सम्पुर्ण तयारी पूरा

देशान्तर

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । पशुपति क्षेत्र विकास कोषले शनिबार पशुपति परिसरमा पत्रकार सम्मेलन गरि महाशिवरात्रि पर्वलाई व्यवस्थित गठित विभिन्न उपसमितिले आ(आफ्नो कार्यसम्पादन पुरा गरेको जनाएको छ ।

कोषले विभिन्न ३ स्थानबाट पशुपति दर्शन गर्न मिल्ने गरि लाइन व्यवस्थापन गरेको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट एक÷एक लाईन, जयवागेश्वरी इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट पश्चिम ढोकाबाट १ लाइन, बत्तिसपुलती, गौशाला तथा एअरपोर्ट गौशाला भएर पिङ्गलास्थान सुमार्गी भवन अगाडि चारशिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट एक÷एक लाइन गरि बाहिरी रुपमा तीन स्थानबाट दर्शनका लागि लाइनहरु राख्ने तयारी गरिएको छ ।

शिवरात्रीका अवसरमा पशुपति आउने श्रद्धालु भक्तजनको सुरक्षा देखिएको सम्पूर्ण प्रबन्धका लागि नेपाल स्काउट समेतका गरि ५ हजार स्वंयसेवक परिचालन गरिने तथा डाक्टर, नर्स र बेडसहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर राखिने भएको छ । सवारी पार्किङका लागि तीलगङ्गा, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त ट्राफिक प्रहरी प्रभाव, गौशाला, सिफल, गुहेश्वरी पारी गरि ५ स्थान तोकिएको छ ।
दर्शनलाई सहज हुने गरि कैलाशमुनि, भुवनेश्वरी, बज्रघर, राममन्दिरलगायत ५ स्थानमा जुत्ताचप्पल कक्षको व्यवस्था मिलाईने भएको छ ।