देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु

देशान्तर

 

काठमाण्डौ । पोखरामा आज पनि प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाका मृत्यु भएको छ ।

दुर्घटनामा परेका प्याराग्लाइडरको उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। कास्की प्रहरी कार्यालयका प्रहरी निरिक्षक गणेश सुबेदीका अनुसार सरांकोटबाट उडेको केहिबेरमा नै उनी दुर्घटनामा परेका थिए । रसियन नागरिक विएमआइ जिभिआइएलको दुर्घटनामा मृत्यु भएको हो।

पोखरामा लगातार तीन दिन प्याराग्लाइडिङ दुर्घटना भएको छ। गत फागुन १९ गते रोमानियाका एक नागरिकले उडाएको प्याराग्लाइडिङ फेवातालमा खसेर उनको मृत्यु भएको थियो । त्यस्तै २० गते पनि कास्कीकै माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा र मादी गाउँपालिकाको छाचोकमा दुर्घटनामा परेका थिए ।