देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गाईगोरुको उचित संरक्षण गर्न आदेश

देशान्तर

काठमाडौं । सर्वाेच्च अदालतले नेपालको राष्ट्रिय जनावर गाई र त्यससँग सम्बन्धित प्रजाति घरपालुवा जनावर गोरुको उचित संरक्षण गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश तेजबहादुर केसीको इजलासले मङ्गलबार नेपालभर छाडा छाडिएका गाईगोरुको उचित संरक्षण गर्न आदेश जारी गरेको छ । आदेशमा भनिएको छ, “देशभर छाडा छाडिएका गाईगोरुलाई सुरक्षित बासस्थान, जीविकाका लागि घाँस, दाना, पानीजस्ता अति आवश्यक आहार एवम् उपचारको व्यवस्था गर्नू ।” अदालतले दुवै पक्षलाई छलफलका लागि आगामी चैत ३ गते बोलाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय लगायतलाई विपक्षी बनाई स्नेहाज केयरका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले यही फागुन १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । नेपालको धार्मिक आस्थासमेत जोडिएको गाईगोरुलाई छाडा छोड्ने, निर्दयी व्यवहार गर्ने र भोग, रोग र ओतको समेत राम्रो व्यवस्था नभएको हुँदा सो व्यवस्था गर्न आदेशको माग रिट निवेदनमा थियो ।