देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सीके राउतविरुद्ध काठमाडौंमा प्रदर्शन

देशान्तर

काठमाडौं, । सरकारले सीके राउतसित गरेको ११ बुँदे सहमतिको विरोध गर्दै मातृभूमि संरक्षण नेपालले मंगलबार राजधानीमा प्रदर्शन गरेको छ ।

देश विखन्डनको एजेन्डा बोकेका राउतलाई देश निकाला गर्नुको सट्टा सरकारले सहमति गर्दै हिँडेको भन्दै उनीहरुले आक्रोश पोखेका थिए ।

प्रदर्शनकारीहरुले राउतसँगको सम्झौता खारेज गर्न, तराईमा नागरिकता वितरण बन्द गर्न र राष्ट्रिय एकता कायम गर्न माग गर्दै नाराबाजी गरेका थिए ।

हनुमानढोकाबाट निकालिएको र्‍याली नयाँसडक, भद्रकाली हुँदै माइतीघर मन्डलामा पुगेर टुंगिएको थियो ।