देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नवलपरासीमा मुलुककै ठूलो फलाम खानी उत्खननको पहल

देशान्तर

नवलपरासीको धौबादीबाट संकलित चट्टानको चीनमा परीक्षण गर्दा फलाम खानीको राम्रो संभावना देखिएपछि सरकार त्यहाँ रहेको फलाम भण्डार खोतल्न उत्साहित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष चासोपछि परियोजना नै बनाएर थप अध्ययन र परीक्षण उत्पादनको काम अघि बढाइने तयारी भइरहेको खानी तथा भूगर्भ विभागका एक अधिकारी बताएका छन ।
विभागले चीनको छन्तुस्थित साउथ वेस्ट मेटालर्जिकल सेन्टरमा धौबादीबाट संकलित एक हजार किलो चट्टान नमूना परीक्षणका लागि पठाएको थियो । “त्यसमध्ये, ५०० किलो चट्टानको परीक्षणबाट स्पञ्ज आइरन राम्रो भएको नतिजा आएको छ, बाँकी ५०० किलोको नतिजा एक महीनाभित्र आउँछ”, विभागका महानिर्देशक सोमनाथ सापकोटा भने
बाँकी परीक्षणको नतिजा आएपछि यसको विस्तृत अध्ययन, परीक्षण उत्पादन र उत्खननको काम अघि बढाउने विभागको तयारी छ । अहिले विभागको एक टोलीले धौबादीमा इलेक्ट्रिकल रेसिस्टिभिटी टोमोग्राफी ईआरटी प्रविधि मार्फत जमीनमुनिको चट्टानमा फलामको मात्रा अध्ययन गरिरहेको छ ।