देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खुसी देशको सूचीमा नेपाल दक्षिण एशियाको तेस्रो स्थानमा

देशान्तर

विश्वमा सबैभन्दा खुसी देशको सूचीमा नेपाल सयौँ नम्बरमा परेको छ । विश्व खुसी दिवसको अवसरमा हिजो सार्वजनिक गरिएको राष्ट्रसंघीय सूचीमा फिनल्याण्ड पहिलो नम्बरमा परेको छ ।
दोस्रो नम्बरमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाँचौंमा नेदरल्याण्ड परेका छन् ।
यो प्रतिवेदनमा आर्थिक अवस्था, कूल आयु, सामाजिक समर्थन, छनौट गर्न सक्ने स्वतन्त्रता र देशका सरकारहरुको भ्रष्टाचारको तहलाई मूल्यांकन गरेर इन्डेक्स तयार पारिएको छ । दक्षिण एशियामा भने नेपाल खुसी भएको देशमा तेस्रो स्थानमा परेको छ ।