काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धानामा रञ्जु दर्शनाले गरेको उजुरीको नियत निन्दनीय भएको दाबी गरेकी छन् ।
मन्त्री मगरले प्रेस विज्ञप्ति जारी गर्दै प्रत्येक नेपालीलाई आयोगमा उजुरी गर्ने अधिकार रहेको तर प्रमाण र तथ्यबिनाको उक्त उजुरीले आफ्नो चरित्रहत्या भएको भन्दै आपत्ति जनाएकी छन् ।
मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको विषयलाई हतियार बनाएर परिवारलाई आक्रमण गर्ने हतियार बनाएको बताएकी छन् ।
“सस्तो लोकप्रियताका लागि गरिएको नाटकीय भ्रमका पछाडी नलाग्न सबैमा आग्रह गर्दछु,“ विज्ञप्तिमा भनिएको छ ।





प्रतिक्रिया