देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश २ सरकारले संघीय शिक्षामन्त्रीको माग्यो राजीनामा

देशान्तर

लगातार दोस्रोपटक एसईई परीक्षाको प्रश्नपत्र बाहिएको घटनामा केन्द्र सरकार जिम्मेवार रहेको प्रदेश २ सरकारले बताएको छ ।
प्रदेशलाई बद्नाम गराउन प्रश्नपत्र आउट गरिएको मुख्यमन्त्री लालबाबु राउतको आरोप छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशबाट प्रश्नपत्र नबाहिरिएको देखिएको बताए । संघ सरकारका निकायहरुले प्रश्नपत्र आउट गराएकाले संघीय सरकारका शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने उनको माग छ ।
प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो ।
लगातार परीक्षा रद्द हुँदा विद्यार्थीलाई तनाव हुनुका साथै आर्थिक भार पर्ने भन्दै चिन्ता व्यक्त गरे । प्रश्न पत्र बाहिरिएको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिहेको भन्दै उनले दोषीलाई कुनै पनि हालतमा नछाडिने बताएका छन् ।