देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अन्र्तराष्ट्रिय लगानी सम्मेलनः लगानी कर्ता आए, भात खाए गए ?

देशान्तर

काठमाडौं । नेपाल लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १५ वटा परियोजनाका लागि हस्ताक्षर भएको छ । शुक्रबार र शनिबार राजधानीमा भएको लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत भएका ७७ वटा परियोजनामध्येबाट १५ वटा परियोजनाका लागि मात्रै एमओयुमा हस्ताक्षर भएको छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा विभिन्न १५ आयोजनामा विदेशी लगानीकर्तासँग सम्झौता भएको हो ।

९ सय मेघावट अरुण तेश्रो जललविद्युत् आयोजनाका लागि बैंक अफ इण्डियाबाट ६ हजार ५ सय ६० करोड, एभरेष्ट बैंकबाट ८ सय १२ दशमलव ६१ करोड, नबिल बैंकबाट ४ सय ८७ दशमलब ५८ करोड लगानी गर्ने गरि संयुक्त हस्ताक्षर भएको छ ।

त्यसैगरी माथिल्लो त्रिशुली १ हाईड्रोपावर आयोजनाका लागि कोरियाली कम्पनीले लगानी गर्ने भएको छ ।

चिनको दुई कम्पनीले १ सय ६४ मेघावाटको कालीगण्डकी गोर्ज जलविद्युत आयोजनाका लागि लगानी गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सिमरालाई विशेष आर्थिक क्षेत्र बनाउनका लागि लगानी बोर्ड र इन्टरनेशसन फाईनान्स कर्पोरेशनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

त्यसैगरी सौर्य उर्जामा लगानी गर्ने गरि प्रदेश २ का मुख्यमन्त्री लाल बहादुर राउत र सिजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सिन्सियर कन्सल्टिङ कम्पनी लिमिटेड र हिमालय बुटिक भिलेज रिसोर्ट बनेपा बीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपालका औद्योगिक विकासका लागि एनआएनका तर्फबाट १० अर्ब को सहयोग सम्झौतामा पनि उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंह र एनआरएनएका अध्यक्ष भवन भट्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मुथुट फाईनान्स इण्डिया र युनाईडेट फाइनान्स लिमिटेड बीच लगानीका लागि सम्झौता भएको छ । एपी पावर कम्पनी लिमिटेड र कडेल ग्रुप अफ कम्पनीबीच, सोलार, जलविद्युत् र वीन्ड प्रोजेक्टका लागि सम्झौता भएको छ ।

संयुक्त लगानीका आयोजनाका लागि चौधरी समुह र सरार्फ समुहबीच सम्झौतापत्रका हस्ताक्षर भएको छ । ६ सय मेघावाट सौर्य उर्जाका लागि स्काई पावर र चौधरी ग्रुपबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

त्यसैगरी चौधरी समुहको सिजी कोर्प ग्लोबल टर्कीको कम्पनी टर्क सेलबीच ५ जी मोबाईलका सम्झौता भएको छ ।