देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकार तत्काल बारा र पर्साका पीडितलाई उद्धार गरः वरिष्ठ नेता पौडेल

देशान्तर

काठमाडौ । बारा र पर्सा जिल्लामा भएको बिनाशकारी क्षतिप्रति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गर्दै राहतका लागि नेपाल सरकारसँग माग गरेका छन् ।

आइतबार राति अचानक आएको हावाहुरीबाट बारा र पर्सामा २७ जना सर्वसाधारणले ज्यान गुमाउनुका साथै चार सयभन्दा धेरै घाइते भएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय प्रहरीको भनाइ छ ।

कांग्रेस नेता पौडेलले सोमबार बिहान बारा र पर्सा जिल्लामा भएको मानवीय क्षतिबाट नेपाली कांग्रेस र आफू निकै मर्माहत भएको बताएका छन् । यो प्रकृतिक विपत्तीबाट नेपाली कांग्रेस अत्यन्तै मर्माहत भएको पौडेलले बताएका छन् ।

उनले मृत्तकका आफन्तलाई क्षतिपूर्ति र घाइतेको उपचार तथा राहतका लागि सरकारसँग आग्रह गर्दछु भन्दै यो क्षती दुखदायी भएको बताएका छन । उनले प्रदेश दुइको सरकारलाई पनि तत्काल घाइतेहरुको उपचारको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले बारा र पर्सा जिल्लाका पीडितहरूको उद्धार र राहतका लागि खटिन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई अपिल गरेका छन् ।