देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गुनासो सुन्न ‘कल सेन्टर’ सञ्चालनमा

देशान्तर

काठमाडौं : वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली कामदारले भोग्दै आएका गुनासो र विविध समस्या सुन्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ । विदेशमा कार्यरत नेपाली कामदारले भोग्नुपरेका समस्या एवं गुनासो सिधै मन्त्रीसमक्ष राख्न सरकारले सोमबारदेखि सिंहदरबारमा कल सेन्टर सेवा सुरु गरेको हो ।

यस कल सेन्टरमार्फत वैदेशिक रोजगारीमा रहेका पीडित कामदारले राखेको गुनासो तत्काल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले थाहा पाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । कल सेन्टरमा वैदेशिक रोजगारीको क्षेत्रमा ठगीलगायतका समस्यामा परेका, न्यायको खोजीमा रहेका, विदेशमा अलपत्र परेका, स्वास्थ्य समस्याबाट पीडित भएर घर फर्कन चाहने तथा जेल सजाय भोगिरहेका कामदारलाई निःशुल्क कानुनी सहायताको आवश्यकता परेमा कामदारले आफ्ना समस्या राख्न पाउने जनाइएको छ । कामदारका गुनासोलाई छिटो सम्बोधन गर्न सम्बन्धित विभागीय प्रमुखलाई तुरुन्तै जिम्मेवारी दिइने मन्त्रालयले जनाएको छ ।