देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नागरिकता विवादः ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परित्रपत्र

देशान्तर

काठमाडौं । गृह मन्त्रालयले नेपाल नागरिकता ऐन, २०६३, नेपाल नागरिकता नियमावली, २०६२ र नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका,२०६३ बमोजिम वंशजको आधारमा नागरिकता प्रदान गर्दा अपनाउनुपर्ने कार्यविधि अपनाई नागरिकता दिन परिपत्र गरेको छ ।

गृह मन्त्रालयका उपसचिव गंगाप्रसाद न्यौपानेले जारी गरेको परिपत्रमा भनिएको छ, “विद्यमान नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न पेश भएको विधेयक संघीय संसदमा विचाराधीन रहेको लामो समय भएको, सम्मानित सर्वोच्च अदालतबाट जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई कानुन बमोजिम नागरिकता दिन आदेश गरिएको छ ।

नागरिकका उमेर पुगिसकेका बालिग सन्तानले नागरिकता नपाएर आफ्नो शैक्षिक एवम् वृत्ति विकास गर्न नपाई झेलिरहनुपरेको समस्यालाई सम्बोधन गर्न आवश्यक भएकोले, नेपालको संविधानको धारा ११ को उपधारा (३) को व्यवस्था बमोजिम जन्मको आधारमा नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाणपत्र संलग्न गरी नेपाली नागरिकता पाउन निवेदन दिनुपर्नेछ ।

यो निवेदन दिएमा नेपाल नागरिकता ऐन, २०७३, नेपाल नागरिकता नियमावली २०६३ र नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्दशिका, २०६३ बमोजिम वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने भनी यस मन्त्रालयबाट निर्देशन जारी गरिएको छ ।