काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित पाँच न्यायाधीशहरूविरूद्ध १० दिने उजुरी आव्हान गरिएको छ। बिहीबार बसेको संसदको संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको हो।
चैत १९ गते बसेको न्याय परिषदको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डाक्टर मनोजकुमार शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको थियो।
प्रस्तावित सर्वोच्च अदालतका पाँचैजना न्यायाधिशको सुनुवाईका लागि उजुरी आह्वान गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। समितिले १० दिन भित्र आह्वान गरिएको उजुरीमाथि छानवीन गरी प्रस्तावित न्यायाधिशहरुको सुनुवाई गर्नेछ। संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधिशहरु राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।





प्रतिक्रिया