देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारी चिकित्सकले आजदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने

देशान्तर

सरकारी चिकित्सकले आजदेखि देशभरका अस्पतालमा सेवा ठप्प पार्ने
कर्मचारी समायोजनका विषयमा असहमति जनाउँदै सरकारी चिकित्सकले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता र सरकारले गरेको सहमतिविपरीत कर्मचारी समायोजनको सूची प्रकाशित भएपछि सरकारी चिकित्सक संघ गोदानले आज देखि सेवा बहिस्कार गर्ने निर्णय गरेको महासचिव डा। रविन खड्काले जानकारी दिए। गोदानले बुधबार डाकेको आकस्मिक बैठकले समायोजनको विरोध गर्दै आकस्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको थियो। संघले गरेको यो आन्दोलनमा नेपाल चिकित्सक संघले पनि समर्थन जनाएको छ। संघले बारा पर्साको हावाहुरी प्रभावित क्षेत्रमा भने सेवा पूर्ववत् रूपमा प्रदान गर्ने विज्ञप्तीमार्फत् जानकारी दिएको छ।