देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज राष्ट्र बैंकले आज ९ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

देशान्तर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आठ अर्ब ८९ करोड ६८ लाख ८० हजार रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको छ ।

ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गरिनेछ । बैंकका अनुसार ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी ३६४ दिनका लागि, रु एक अर्ब ८९ करोड ८६ लाख ८० हजार बराबरको १८२ दिनका लागि र एक अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गरिनेछ ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

बैंकले यसअघि यही चैत १८ गतेसमेत ट्रेजरी बिल बिक्री गरेको थियो । पछिल्लो समय नेपाल राष्ट्र बैंकले लगातार रुपमा नै ट्रेजरी बिल बिक्रि गर्दै आइरहेको छ ।