देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुधीर बस्नेतलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

देशान्तर

काठमाडौं । विवादास्पद घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले सरकारको नाममा आदेश जारी गरेको छ।

गत बुधबार प्रहरीले ठगी मुद्दामा उजुरी परेको भन्दै व्यवसायी बस्नेतलाई उनकै घरबाट पक्राउ गरेको थियो। बस्नेतलाई पक्राउ गरेपछि उनको हकमा श्रीमती सुनिता बस्नेतले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।

उक्त निवेदन उपर आज सोमबार सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बस्नेतलाई तीन दिनभित्र सर्वोच्च पेस गर्न आदेश गरेको हो।

हिजो दर्ता भएको निवेदनमा एकल इजलासले बस्नेतलाई थुनामा राख्नुको कारणसहित म्याद प्राप्त भएको मितिले तीन दिनभित्र पेस गर्न भनेको हो। बस्नेतलाई महानगरीय प्रहरी परिसर अपराध अनुसन्धान महाशाखा टेकुले पक्राउ गरेको थियो।

सहकारी र हाउजिङमा करोडौं ठगीको आरोप लागेका बस्नेतको पक्राउ र धरौटीमा रिहा हुने सिलसिला चलिरहेको छ ।