देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलम्पिक छनोट : नेपालको सान्तवना जित

देशान्तर

काठमाण्डौ । इन्डोनेसियालाई २–१ गोल अन्तरले हराउँदै नेपालले ओलम्पिक महिला फुटबल छनोटमा सान्तवना जित निकालेको छ। म्यानमारको वहतो रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा सावित्रा भण्डारीको २ गोलको मद्दतमा नेपालले जित निकालेको हो। खेलको ३६ औँ मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्। दोश्रो हाफको २ मिनेटमा नै इन्डोनेसियाले खेल बराबरीमा ल्यायो। बैइक अमितुन सलिहाले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन्। पुनः ८९ औँ मिनेटमा सावित्राले गोल गरेपछि नेपालले जितसंगै ३ अंक जोडेको हो। छनोटको अन्तिम खेलमा जित निस्किए पनि नेपाल तेस्रो चरणमा पुग्न सकेन्। प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा ३ अंक जोड्दै प्रतियोगिताको सुखद अन्त्य भने गरेको छ। इन्डोनेसियाविरुद्ध प्रशिक्षक हरि खड्काले नियमित टिमका ३ जना खेलाडी परिर्वतन गरेका थिए। एन्जिला तुम्वापो सुब्बाको स्थानमा अन्जना राना मगरले नेपाली गोलपोष्ट सम्हालेकी थिइन्।

डिफेन्समा मनमाया लिम्बूको स्थानमा अमृता जैसी तथा हिरा कुमारी भुजेलको स्थानमा कविता धिमाललाई खेलाईएको थियो। वरियताक्रममा माथी रहेको इन्डोनेसिया विरुद्धको जितसँगै समूह ’ए’ मा रहेको नेपाल समूहको तेस्रो स्थानमा रह्यो। फिफाको पछिल्लो वरिताक्रममा नेपाल १०३ औँ स्थानमा रहँदा इन्डोनेसिया ८६ औँ स्थानमा छ। ३ वटै खेलमा पराजित इन्डोनेसिया अंकविहीन बन्दै अन्तिम स्थानमा रहयो।

आयोजक म्यानमार भने तेस्रो चरणमा छनोट भएको छ। भारतसंग ३–३ गोलको बराबरी खेले पनि गोल अन्तरको आधार म्यानमारले तेश्रो चरणमा स्थान बनाउन सफल रहयो। २ जित र १ बराबरीसहित ७ अंक जोडेको भारतसमेत तेश्रो चरण पुग्न असफल रहयो। प्रतियोगितामा नेपाल आयोजक म्यानमार र चिरप्रतिद्धन्द्धी भारतसंग समान ३–१ गोल अन्तरले पराजित भएको थियो इन्डोनेसियाले पनि प्रतियोगिताका सुरुवाती दुवै खेल हारेको थियो। पहिलो खेलमा भारतसँग २–० ले पराजित भएको इन्डोनेसिया दोस्रो खेलमा म्यानमारसँग ६–० ले पराजित भएको थियो।