देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नागरिकता सम्बन्धी सर्वोच्चको आदेशप्रति राजपाको आपत्ति

देशान्तर

काठमाडौं–जन्मका आधारमा नागरिकता दिने गृह मन्त्रालयको सर्कुलरलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाले आपत्ति प्रकट गरेको छ । गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता प्रदान गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर जारी गरेको थियो । त्यसपछि चैत २५ गते सर्वोच्च अदालतले त्यसलाई कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

यसअघि सर्वोच्च अदालतले नै जन्मका आधारमा नागकिरता लिएका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन आदेश दिएको थियो तर अहिले आफ्नै आदेश विपरित निर्देशन दिएको राजपा नेपालले ठहर गरेको अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले बताए । आज अध्यक्षमण्डलको बैठक बसेको थियो ।