देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानन्यायाधीश राणाद्धारा उच्च अदालतका १७ न्यायाधीशलाई शपथ

देशान्तर

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले एक साताअघि न्यायपरिषदले उच्च अदालतको न्यायाधीश सिफारिस गरेका १७ जनालाई शपथ ग्रहण गराएका छन । उनिहरुले बुधवार बिहान ११ बजे सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राणाबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

न्यायपरिषदले उच्च अदालतका लागि १८ न्यायाधीश सिफारिस गरेको थियो । उच्च अदालतमा वैशाख ३ गते खाली हुने पदका लागि पनि पहिलै सिफारिस गरिएको हो । १८ मध्ये एक जना न्यायाधीशले उक्त पद खाली भएपछि नियुक्ति पाउने गरी सिफारिस गरिएको थियो ।

उच्च अदालतका न्यायाधीशमा विशिष्ट श्रेणीबाट नायब महान्यायाधीवक्ता किरण पौडेल, सर्वोच्चका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय, सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाल रहेका छन ।

यसअघि पुनरावेदन अदालतमा अतिरक्त न्यायाधीश रहनुभएकी निलम पौडेल, सर्लाही जिल्ला अदालतका न्यायाधीश राजेशकुमार काफ्ले, रौतहटका लेखनाथ ढकाल, चितवनका कुलप्रसाद शर्मा, भक्तपुरका मोहम्मद जुनेद आजाद, ललितपुरका बालमुकुन्द दवाडी, पर्साका नगेन्द्रलाल कर्ण उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन ।

अधिवक्ताहरूबाट सात जनालाई उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको छ । अधिवक्ताहरू जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्जवल शुक्ल र नवराज थपलिया न्यायाधीश सिफारिस गरिएको थियो । अधिवक्ता शाह पूर्व प्रधानन्यायाधीश रामकुमार साहकी छोरी र थपलिया प्रधान्यायाधीश राणाका इष्टमित्र भएका कारणले उच्च अदालतका न्यायाधीशमा नियुक्ति पाएको भन्दै उनीहरूको नियुक्ति विवादमा परेको छ ।